गृहपृष्ठ Featured इतिहासमै महंगो पारिश्रमिकमा साउदी क्लबमा रोनाल्डो अनुबन्धित

इतिहासमै महंगो पारिश्रमिकमा साउदी क्लबमा रोनाल्डो अनुबन्धित

विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्नबाट चुकेका फुटबल ‘स्टार’ क्रिस्टियानो रोनाल्डोले अर्को किर्तिमानी राख्न सफल भएका छन्।  विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन्।

साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिनेगरी उनले शुक्रबार सम्झौता गरेका हुन्।युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक क्षण बनेको छ।

रोनाल्डोले जुन २०२५ सम्म सम्झौतामा हस्ताक्षर गरेका अल नासरले जनाएको छ। पोर्चुगलका  स्टार खेलाडी रोनाल्डोले आफ्नो ‘करियर’मै यो सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीका रुपमा चिनाएको छ।

उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताए।

सम्बन्धित् समाचार