गृहपृष्ठ Featured गुल्मीको गुम्दीखोलामा पुल नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य

गुल्मीको गुम्दीखोलामा पुल नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य

गुल्मी ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । हिउँदको समयमा पनि खोला ठुलो भएकाले यात्रा गर्न समस्या भएको स्थानीयको गुनासो छ ।

वडा नम्बर ४ पुर्तिघाट र वडा नम्बर ६ खड्गकोटको सिमाना गुम्दीखोलामा पुल नहुँदा समस्या भएको हो । युवाहरू मोटरसाइकल लिएर वरपर गर्दा पनि मोटरसाइकल सहित आफूहरूको ज्यान पनि जोखिममा रहेको स्थानीय युवाहरुको भनाइ छ ।

उक्त खोलामा पुल निर्माण गरिदिनका लागि स्थानीयहरुले स्थानीय सरकारसँग माग समेत गरेका छन् । यस खोला भएर घाँस दाउरा गर्न र गाईबस्तु चराउन जानका लागि हिउँदमा पनि समस्या भएको स्थानीय रमेश क्षेत्रीको भनाई छ ।

सम्बन्धित् समाचार