गृहपृष्ठ Featured बुटवल औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शक

बुटवल औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शक

बुटवल । 

बुटवलमा सञ्चालित १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवलोकनकर्ता सात लाखभन्दा बढी पुगेको छ । सात लाख दर्शक र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने आयोजकले अनुमान गरेकोमा अनुमानभन्दा बढी अवलोकन कर्ता आएका हुन् ।

महोत्सवको समापन कार्यक्रममा मूल समितिका सदस्यसचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा करिब सात लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरेभन्दा अत्यधिक बढी दर्शक आएको तथा आर्थिक कारोबार पनि लक्ष्यअनुरूप भएको बताए ।

रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकममध्ये प्रत्येक टिकटबाट चार रुपैयाँ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैयाँ औद्योगिक तथा सामाजिक विकास राहत कोषका लागि छुट्याएको जनाइएको छ ।

सम्बन्धित् समाचार