सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको बैठकमा एमालेसँगै माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमतका प्रतिनिधि सहभागी छन् ।
भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।
कार्यदलको बैठकले साझा कार्यक्रमलाई अन्तिम रूप दिएपछि आज भोलि नै सो कार्यक्रम सार्वजनिक गरिने भएको छ ।