गृहपृष्ठ Featured पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

पूर्वी नवलपरासी  ।

पूर्वी नवलपरासीको गैंडाकोटमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार मंगलबार दिउँसो गैंडाकोटको मटकुरी गाउँमा सडक छेउमा हिँड्दै गरेकी ३ वर्षीया बालिकालाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

गैंडाकोटको सूर्योदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा मटकुरी गाउँकी ३ वर्षीया साइरा मगरको मृत्यु भएको हो ।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

सम्बन्धित् समाचार