वैखरी अनलाईन, बाणगंगा ।
श्री गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सिता लामिछाने चयन भएकी छिन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ मा रहेको उक्त सहकारी संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा सर्वसम्मत भयन भएकी हुन् । यस्तै उपाध्यक्षमा शारदा न्यौपाने, सचिवमा सिमा सिंजापति, कोषाध्यक्षमा सिता बेल्बासे चयन भएका छन् भने सदस्यहरुमा जाल्पा परियार, कमला खनाल, लिला दर्लामी, दिनकला नेपाली, पार्वती न्यौपाने, गिता दर्लामी र रेखा घर्ती चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष लामिछानेले स्थापना कालदेखि संस्थाले सामना गर्दै आएका समस्याहरुको समाधानका लागी पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् । उनले महिलाहरुलाई उद्यमसंग जोड्दै उनीहरुको आर्थिक विकास गर्न भूमिका निर्वाह गर्ने बताईन् ।
सहकारीलाई नमुना सहकारीका रुपमा परिचित गराउन थप नेतृत्वदायी भूमिका खेल्ने उनको भनाई छ ।








