गृहपृष्ठ Featured तनहुँ जिल्ला अदालतले दियो अभिनेता पल शाहलाई सफाइ

तनहुँ जिल्ला अदालतले दियो अभिनेता पल शाहलाई सफाइ

काठमाडौं ।

तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ। बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो।

जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी नपुगेको भन्दै सफाइ दिएको हो। पलसँगै उनका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको छ।

यसअघि बालिकालाई बलात्कार गरेको अभियोगमा पललाई तनहुँ र नवलपरासी जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

सम्बन्धित् समाचार