गृहपृष्ठ Featured अर्घाखाँचीमा भूकम्प र आगलागीबाट बच्न गरियो अभ्यास

अर्घाखाँचीमा भूकम्प र आगलागीबाट बच्न गरियो अभ्यास

अर्घाखाँची ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेल मैदानमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह–आयोजनामा कृत्रिम अभ्यास गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

पहाडी तथा शहरी क्षेत्रमा भूकम्प तथा आगलागीको उत्तिकै जोखिम भएकाले स्थानीयहरुलाई सु–सुचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।

यस्ता अभ्यासले विपदका घटनाबाट बच्ने उपाय तथा क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

सम्बन्धित् समाचार