गृहपृष्ठ Featured सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु

सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु

बुटवल ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको  मृत्यु  भएको छ  ।

दुर्घटनामा ९ जना घाइते भएका छन् ।

बुधबार सैनामैना नगरपालिका- २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु  १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा  ठोक्किएको थियो दुर्घटनामा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षका गोरक लोहियाको मृत्यु भएको हो ।

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले  जनाएको छ ।

सम्बन्धित् समाचार