संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ। सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा(सुविधा प्राप्त हुने जानकारी गराएको छ।
यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै संसदीय दलका नेताले कानुनबमोजिम पाउनुपर्ने सेवा(सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो। सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाएको बहस उठिरहेको छ।








