गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगरमा स्थानीय आधारभूत स्काउट तालिम सुरु

कपिलवस्तुको विजयनगरमा स्थानीय आधारभूत स्काउट तालिम सुरु

शम्भु वि.क., विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिको हरिबोध आधारभुत विधालयमा ६ दिने आधारभुत स्काउट तालिम सुरु भएको छ। स्थानीय स्काउट कार्यालय विजयनगरको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा सञ्चालित स्काउट आधारभूत तालिम आज एक समारोहका विच गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उद्घाटन गर्नु भएको हो ।

तालिममा सहभागीलाई शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अहिलेसम्म नेपालमा अधिकारमात्र सिकाइएकोमा अब कर्तव्यबारे पनि सिकाउनुपर्ने बताउनुभयो । राष्ट्र निर्माण, शान्ति, भ्रष्टाचार नियन्त्रणलगायतमा अनुशासन आवश्यक रहेको भन्दै उहाँले स्काउटका माध्ययमबाट त्यो पूरा हुने विश्वास व्यक्त व्यक्त गर्नु भयो ।

त्यसतै कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयस्तरमा स्काउट पुर्‍याउन सहयोग गर्ने जनाउनु भयो । तालिम पश्चात् आफुले सिकेका तालिमलाइ आफ्नो विद्यालयमा लागू नगर्दासम्म तालिम बाट प्राप्त औचित्य नहुने भन्दै सामाजिक रुपमा परिवर्तन गर्न नेतृत्वदायी भुमिका स्काउटले गर्ने हुदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताउनुभएको थियो।

उदघाटन समारोहलाइ सम्बोधन गर्दै प्रदेश सदस्यता वृद्धि संयोजक मुकुन्द सुचिकारले तालिम पश्चात् आफुले सिकेका तालिमलाइ आफ्नो विद्यालयमा लागू नगर्दासम्म तालिम बाट प्राप्त प्रमाणपत्रको औचित्य नहुने भन्दै सामाजिक रुपमा परिवर्तन गर्न नेतृत्वदायी भुमिका स्काउटले गर्ने हुदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताउनु भयो ।

कार्यक्रम विष्णु थापा मगरको अध्यक्षतामामा रहेको थियो।स्काउट तालिममा १८ जना शिक्षकलाई सहभागी गराइएको छ।

कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष प्रेम बाहादुर कलवार, प्रदेश सल्लाहकार रुसु जंग राणा, प्रदेश अधिकृत तारा पुरी ,प्रदेश सदस्यता वृद्धि सदस्य लिलामणि गैरे , स्थानीय स्काउट समिति संयोजक कृष्ण भट्टराई, सहायक प्रशिक्षण रोमर्ष पन्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन हरीहर बेल्वासेले गर्नु भएको थियो।

सम्बन्धित् समाचार