गृहपृष्ठ Featured लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : एमाले ढुक्क हुँदा कांग्रेस चलखेलको प्रयासमा

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : एमाले ढुक्क हुँदा कांग्रेस चलखेलको प्रयासमा

रुपन्देही ।

लुम्बिनी प्रदेशको एक राष्ट्रिय सभा सदस्य पदका लागि माघ २५ गते हुने उपनिर्वाचनमा तीन दलका तीन जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

कांग्रेस, एमाले र केन्द्रमा सत्ता गठबन्धनसँग जोडिएको नागरिक उन्मुक्ति पार्टीले समेत राष्ट्रिय सभा सदस्य पदका लागि आफ्नो छुट्टै उम्मेदवार उठाएपछि तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो । एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्य चुनावी  मैदानमा छन् । तीनैजना उम्मेदवारले आआफ्नै ढङ्गले प्रचारप्रसार तथा मत तान्ने प्रयास गरिरहेका छन् ।

सत्ता गठबन्धनका दुई जना उम्मेदवार बनेपछि नेपाली काँग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यलाई चलखेल गर्न सहज भएको चर्चा बढेको छ भने प्रदेश सरकारलाई समर्थन गरेको उन्मुक्ति निर्वाचनपछि सरकारबाट बाहिरिने निश्चित भएको छ । नागरिक उन्मुक्ति पार्टी लुम्बिनीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले उम्मेदवारी कायम रहने बताए । उनले भने, ‘हाम्रो उम्मेदवारी कायम रहन्छ ।’

एमाले ढुक्क,कांग्रेस चलखेलको प्रयासमा 

तुलनात्मक रूपमा मतभारमा एमाले अगाडी भएपछि एमालेका उम्मेदवार आफ्नो जितमा ढुक्क जस्तै देखिन्छन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नागरिक उन्मुक्ति पार्टीले मत नदिएपनि आफ्नो उम्मेदवार जित्नेमा ढुक्क रहेको बताउँछन् ।

‘यद्यपि हामी मतदानका दिनसम्म उहाँहरूसँग छलफलमै छौ तर जित्नको लागि हामीलाई एमाले,माओवादी, राप्रपाको मत नै काफी छ’, अध्यक्ष कँडेलको भनाइ छ ।

यता नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद आर्चायले मतदाताहरूसँग भेटघाट फोन सम्पर्क गरिरहेको बताए ।

सम्बन्धित् समाचार