वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको सातौं दिन चर्चित आधुनिक गायिका एलिना चौहानकोे बेजोड प्रस्तुति रहने भएको छ । चौहानसंगै लोक तथा दोहोरी गायक नविन पौडेल, लोक तथा दोहोरी गायिका विष्णु श्रीपाली, हास्य कलाकार तथा लोक दोहोरी गायक उज्वल गिरीको प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
आईतबार आज चर्चित लोक तथा दोहोरी गायिका बविता बानियाँ जेरी, लोक तथा दोहोरी गायक बालचन्द्र बराल, हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को प्रस्तुति रहेको थियो । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको र दर्शकको उपस्थिति क्रमश बढ्दै गएको उनले बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।








