गृहपृष्ठ Featured सम्मेलन केन्द्र सञ्चालन कार्यविधि परिमार्जनका लागि विज्ञसहितको टिम गठन गर्ने तयारी

सम्मेलन केन्द्र सञ्चालन कार्यविधि परिमार्जनका लागि विज्ञसहितको टिम गठन गर्ने तयारी

बुटवल ।

बुटवल उपमहानगरपालिका–१० स्थित बुटवलमण्डपको साढे ६ बिघा क्षेत्रफलमा बनेको एक हजार जना क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन कार्यविधि परिमार्जनका लागि विज्ञसहितको टिम गठन गर्ने तयारी भएको छ ।

यसअघि सहरी विकास मन्त्रालयमा कार्यविधिको मस्यौदामाथि पटक पटक छलफल भएको थियो । सो छलफलपछि गत भदौमा अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको थियो ।

उक्त मस्यौदालाई फाइनल गरी बिजनेस मोडलसहित पेस गर्न सहरी विकासमन्त्री विक्रम पाण्डे र अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आदेश दिएका छन् । आदेशपछि अहिले विज्ञसहितको मस्यौदा टिम बनाउने तयारीमा मन्त्रालय लागेको छ ।

सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप परियारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन कार्यविधि निर्माणका लागि दुवै मन्त्रीले  विशेष चासो दिएकाले सङ्घीय मोडलमा लैजाने गरी मस्यौदा तयार गर्न छिट्टै टिम गठन गर्ने तयारी भइरहेको बताए । “सो टिममा सहरी विकास मन्त्रालयका सिनियर इन्जिनियर, भवन डिजाइनर जस्ता विज्ञ राखेर छिट्टै एउटा टिम गठन गर्दैछौँ,” उनले भने, “त्यसले बिजनेस मोडलसहितको मस्यौदा पेस गर्नेछ ।”

सम्बन्धित् समाचार