गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारमा विष्णु पन्थी बने स्वास्थ्यमन्त्री

लुम्बिनी प्रदेश सरकारमा विष्णु पन्थी बने स्वास्थ्यमन्त्री

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । गत पुस २७ गते मुख्यमन्त्रीको रूपमा नियुक्त भएका नेकपा (एमाले)का लिला गिरीले शनिबार मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता ऋषिराम पन्थीद्वारा हस्ताक्षर विज्ञप्तिमा गिरीसहित १० सदस्यीय मन्त्रिमण्डल विस्तार गरिएको जानकारी गराइएको छ ।

नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादी केन्द्रका इन्द्रजीत थारु भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादी केन्द्रका कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।

सम्बन्धित् समाचार