गृहपृष्ठ Featured बुद्धभूमि- ४ मा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

बुद्धभूमि- ४ मा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

बुद्धभूमि, वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.४ मा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । २ दिनसम्म चलेको उक्त तालिम बुद्धभूमि नगरपालिका वडा नं.४ को आयोजना र निरा गृहणी समाजको सहजीकरणमा सम्पन्न भएको हो ।

बुद्धभूमि- ४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले कपडाबाट निर्माण गरिने प्याडले महिलाहरुको जीवन निर्वाह गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले वडाले महिला लक्षित कार्यक्रममा महिलाको जीवन स्तर उकास्नका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष चौधरीले महिलाहरुलाई स्वावलम्बी बनाउने उद्देश्यले तालिम संचालन गरिएको बताए । उनले कपडाबाट निर्माण गरिने सेनेटरी प्याडले प्रदुषण समेत कम गर्न समेत सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

तालिमबाट प्राप्त सिपलाई सम्पूर्ण सहभागिले दैनिक व्यवहारमा लागु गर्ने विश्वास व्यक्त उनले आफुले सिकेका कुराहरु आफ्ना नजिकका सबैलाई सिकाउन आग्रह समेत गरे ।

तालिमकी प्रशिक्षक निरा गृहणी समाजकी अध्यक्ष निरा तिम्सिनाले तालिम अवधिमा सहभागि महिलाहरु प्याड बनाउन सक्ने भएको बताईन् ।

तालिममा सहभागि महिलाहरुले तालिमबाट आफुलाई दैनिक जीवनमा काम लाग्ने धेरै कुरा सिक्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

तालिमबाट ३२ जना महिला लाभान्वित भएका छन् ।

सम्बन्धित् समाचार