गृहपृष्ठ Featured नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाइ अभियान सुरु

नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाइ अभियान सुरु

नेपालगन्ज । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाइ अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेको सहकार्यमा नाकामा सरसफाइ गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाइ अभियन्ता विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीलगायत उपस्थित थिए ।

प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताए । उनले सरसफाइ अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिए । नगर प्रमुख प्रशान्त विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिकरुपमा सरसफाइ अभियान थालिएको बताए । नगरलाई सफा र स्वच्छ राख्न सरसफाइ कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने विष्टको भनाइ छ ।

सम्बन्धित् समाचार