गृहपृष्ठ Featured विकास र समृद्धिका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री गिरी

विकास र समृद्धिका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री गिरी

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विकास र समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको आइतबार बुटवलमा आयोजित दोस्रो अधिवेशनमा उनले जुनसुकै सरकारका योजना भए पनि आफ्नो क्षेत्रमा भएका विकासबारे सोधीखोजी गर्न र निर्धारित समयमै पूरा गराउनुपर्ने बताए ।

मुख्यमन्त्री गिरीले जनताको ढोका अगाडि भएकाले स्थानीय तहले संघ र प्रदेशका योजनामा पनि चासो राख्नुपर्ने र समयमा पूरा गराउन सहयोग गर्न आग्रह गरे ।

‘जुनसुकै सरकारको योजना भए पनि के काम भएको छ ? कति भएको छ ? कुन कम्पनीबाट भएको छ ? समयअनुसार भएको छ कि छैन भन्नेबारे बुझ्ने र चनाखो रहने गर्नुहोला’, उनले भने, ‘हामी सरकार हौं । यो हाम्रो दायित्व हो ।’

लुम्बिनी प्रदेश सरकारले आफ्नो क्षेत्रमा लागू भएका संघका योजना र आफूबाट बजेट विनियोजन भएका स्थानीय तहका योजनामा पनि चौमासिक विवरण माग्न र प्रगतिबारे जानकारी लिने गरेको भन्दै मुख्यमन्त्री गिरीले स्थानीय तहलाई पनि त्यसको सुरुवात गर्न आग्रह गरे ।

सम्बन्धित् समाचार