गृहपृष्ठ Featured नवलपरासीमा दुई छोरासहित आमाले फालिन् नहरमा हाम, अवस्था आज्ञात

नवलपरासीमा दुई छोरासहित आमाले फालिन् नहरमा हाम, अवस्था आज्ञात

एक महिलाले दुई छोरासहित गण्डक नहरमा हाम फालेकी छन् । मंगलबार दिउँसो २ बजे नवलपरासी सुस्ता गाउँपालिका-२ की प्रतिमा थारू दुई छोरा लिएर नवलपरासीको गण्डक नहरमा हाम फालेकी हुन् । तीनजनाकै अवस्था अज्ञात छ ।

थारूले नौ वर्षीय छोरा क्रिश र सात वर्षीय सुमितलाई लिएर हाम फालेकी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए ।

उनले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको हो ।

उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । के कति कारणले नहरमा हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनजनाकै खोजी भइरहेको डीएसपी पाण्डेले बताए ।

सम्बन्धित् समाचार