सागर वि.क., बाणगंगा ।
बाणगंगा नगरपालिकामा एकैदिन ७ हजार बढीले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन् । नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको पहिलो दिन ७ हजार ८९० जनाले औषधी खाएका छन् । उनले बाणगंगामा ७२ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य रहेको समेत जानकारी दिए ।
उनले बाणगंगामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा ६० जान स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेवीका खटिएको बताए । बाणगंगामा नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा अभियान सुरु गरिएको छ । नगर प्रमुख अर्यालले बाणगंगा ४ गजेहडाको बुथबाट र उपप्रमुख रिता कुमारीले वडा नम्बर ६ को बुथबाट औषधी खाएर अभियान सुरु भएको हो ।

नगर प्रमुख अर्यालले विगत १४ बर्षदेखि औषधी खादाँ पनि कपिलवस्तु जिल्ला हात्ती पाईले मुक्त जिल्ला नहुनु आफैमा लज्जास्पद विषय भएको बताए । उनले यो पटक जसरी भए पनि कपिलवसतुलाई यस अभियानमा सफल बनाउन आवश्यक रहेको बताए । उनले हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै उनले भने, ‘शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन, यसमा ढुक्क हुन्स् । त्यसैले यो औषधी खान सबैलाई अपिल गर्दछु ।’
बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले ७२ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य रहेकोमा आज ७ हजार ८९० जनाले औषधी खाएको जानकारी दिए ।
उनले बाणगंगामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा ६० जान स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेवीका खटिएको बताए । आफुले वडा नम्बर ५ को बुथबाट औषधी खाएको बताउँदै उनले भने, ‘निमित्त प्रमुख खिम बहादुर जि.सी.ले वडा नम्बर २ को बुथबाट खौषधी खानुभयो । सबै वडामा वडाध्यक्षहरुले अभियानको नेतृत्व गर्नुभएको छ ।’
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका निमित्त प्रमुख अनिरुध कुमार श्रीवास्तवका अनुसार जिल्लाको बाणगंगा नगरपालिकासहित १० वटै पालिकामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ ।
विहिबारदेखि कपिलवस्तुसहित देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलवस्तु, बाँके, दाङ, कैलाली, झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत र वागलुङमा सो औषधि खुवाउन थालिएको हो ।
सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।








