वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगामा निशुल्क होटल व्यवस्थापन अन्तर्गत कफी वारिस्ता तालिम सुरु भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना बाणगंगा नगरपालिकाको आर्थिक सहयोग तथा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्राविधिक सहयोगमा उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो । तालिम २० दिनसम्म चल्ने छ ।
उद्यमशिलताको बिकास गर्दै उत्पादित बस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको उक्त तालिमको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले तालिम लिएर रोजगारी र ब्यवसायमा जोडिन सहभागिलाई अग्रह गरे । उनले तालिम प्राप्त गरेपछि उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

खालि बस्दै आएका र रोजगारको खोजीमा बसेका नगरका युवायुवतीहरुलाई सिपमुलक तालिमको माग गर्नका लागि दिनरात खटने होटल तथा पर्यटन व्यवसायी सघको काम प्रसंशायोग्य भएको बताए । कफी वारिस्ता तालिमलाई रोजगारमुखी बनाउन सकेमा पालिकाबाट आगामी दिनमा थप बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा सिनर्जी बहुउदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष लक्ष्मण बेल्वासेले दैनिकिसग जोडिएका बिषयबस्तुलाई सिपसग नजोडे आर्थिक उपार्जन गर्न नसकिने बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुनुपर्ने बताए । नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको जानकारी गराउदै आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागिलाई आग्रह गरे ।
उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउदै सक्षम ब्यक्तीको माग बजारमा बढ्दै गएको बताए ।
२० दिन सम्म चल्ने उक्त तालिममा बाणगंगा नगरपालिकाका ११ वटै वडाका २५ जना सहभागि छन् ।








