गृहपृष्ठ Featured अर्घाखाँचीमा ‘पुराना रुख काट्ने नयाँ रुख रोप्ने’ अभियान सुरु

अर्घाखाँचीमा ‘पुराना रुख काट्ने नयाँ रुख रोप्ने’ अभियान सुरु

सन्धिखर्क । 

अर्घाखाँचीमा ‘पुराना रुख काट्ने नयाँ रुख रोप्ने’ अभियान सुरु भएको छ। जिल्लाको शीतगंगा नगरपालिका-१३ भंगलास्थित धिरिखोला सामुदायिक वन उपभोक्ता समूहले वन प्रवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सुरु गरेको हो।

स्थानीय उपभोक्ताको आयआर्जन र स्वरोजगारका साथै भावी पुस्तासम्म वन संरक्षणका लागि वन व्यवस्थापन प्रभावकारी हुने लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वन निर्देशक जीवन पंगेनीले जानकारी दिइन्।

सम्बन्धित् समाचार