काठमाडौं ।
नेपाली क्रिकेट टिमका विकेटकिपर अर्जुन साउद र स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’को ‘ड्राफ्ट’मा परेका छन् ।
आउँदो अगस्ट १ देखि २७ तारिखसम्म इंग्ल्यान्डमा प्रतियोगिता हुने तालिका छ । प्रतियोगिताको ‘अक्सन’का लागि आयोजकले बुधबार सार्वजनिक गरेको सूचीमा नेपाली टिमका दुई क्रिकेटर पनि अटाएका हुन् ।
ड्राफ्टमा सन्दीप र अर्जुनसहित कुल ३६८ खेलाडीको नाम समावेश छ । १५६ इंग्ल्यान्डका र २१२ खेलाडी अरू देशका छन् ।
प्रतियोगिताको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउन्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण उनले प्रतियोगिता खेल्न पाएका थिएनन् ।








