रुपन्देही ।
रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगितामा बीएमडब्लु वेस्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई वेस्टर्नले ९० रनले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २२३ रनको योगफल बनायो ।
उसका लागि रोहित पासवानले ४६, रञ्जित खड्काले ४२, सुशान्त अर्यालले ३१, अनिल शाहले २०, भुवन पाण्डेले १३ र सन्देश थापाले १२ रन बनाए । बलिङमा शंकरनगरका केशव पौडेल र विष्णु पाण्डेले समान ३-३ तथा महेन्द्र सुवेदी क्षेत्रीले २ र पदम ज्ञवालीले १ विकेट लिए ।








