साइद बेनराहमाले खेलको ५४ औँ मिनेटमा वेस्ट ह्यामलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, ७७ औँ मिनेटमा नायेफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा फर्कियो । खेलको ९० औँ मिनेटमा अलेहान्द्रो गारानाचोले गोल गर्दै टोलीको पुनरागमन पुरा गरे । इन्जुरी समयमा फ्रेडले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
युनाइटेडले आइतबार मात्र न्युक्यासललाई हराउँदै काराबाओ कप जितेको थियो । टोलीले एफए कप भने १२ पटक जितेको छ ।