बुद्धभूमि, वैखरी अनलाईन ।
नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान अहिले देशभर जारी छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेसंगै यो अभियान सुरु भएको हो । यता एमाले कपिलवस्तुले जिल्लाका १० वटै स्थानीय तहमा अभियानलाई तीब्रता दिएको छ । सो अभियान अन्तर्गत बुद्धभूमि नगरपालिका ५ वडा कमिटिले वडामा कार्यक्रम सम्पन्न गरेको छ ।
वडा कमिटि अध्यक्ष रोम बहादुर थापाले पार्टी सुदृढीकरण तथा विस्तारका लागि सुरु भएको मिसन ग्रास रुट अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यक्रम गरिएको बताए । उनले नेता कार्यकर्तालाई अभियानलाई प्रभावकारी बनाउन जिम्मेवार भएर लाग्न आग्रह समेत गरे ।

उनले अबको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन सबै किसिमका शंका उपशंकाको मानसिकता त्यागेर अघि बढ्नु पर्नेमा जोड दिए ।
रेशम गिरीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा एमालेका जिल्ला नेता पार्वती पुरि, खोम बहादुर थापा, मुरलीधर घिमिरे लागयतले प्रशिक्षण दिएका थिए । सो क्रममा एमाले नेता पुरिले पार्टी भित्र एमालेको बिचार र सिद्धान्तलाई पार्टीका सबै कार्यकर्तासम्म पुर्याउने यो अभियान संचालन भएको बताईन् ।
अभियान अन्तरगत पार्टी सदस्यको सदस्यता नवीकरण, सदस्यता विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिईन् ।
कार्यक्रममा ८० जना बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।








