गृहपृष्ठ Featured बुटवलका व्यवसाय तथा संघसंस्थामा अनुगमन

बुटवलका व्यवसाय तथा संघसंस्थामा अनुगमन

बुटवल  ।

उपभोक्ताको हितविपरीत विभिन्न वस्तुमा उच्च दर, सामानमा कालोबजारी तथा अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्न बुटवल उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ ।

उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको पालिकाले जनाएको छ । पालिकाभित्र विषयगत रुपमै अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगीश्वर पोखरेलले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरी निकासी भए/नभएको बारे अनुगमन गरेको बताए । त्यस्तै ३ वटा विद्यालय, ८ वटा खेल संरचना, २२ वटा होटल तथा स्पा सेन्टर, १५ वटा सहकारी र ८ वटा वडा कार्यालयमा समेत अनुगमन गरिएको उनले बताए ।

अनुगमनका क्रममा कानुन र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थालाई कानुनबमोजिम कारबाही गरेको पोखरेलले जनाए । उनले आगामी दिनमा पनि निरन्तर अनुगमन हुने भएकाले उपभोक्ता र व्यवसायी तथा उत्पादकलाई सचेत रहन सुझाव दिइएको बताए ।

सम्बन्धित् समाचार