वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकामा चौथो मेयर कप हुने भएको छ । यही फागुन २५ गतेदेखि बाणगंगा नगरपालिका २ स्थित जनता मावि पिपराको खेल मैदानमा चौथो मेयर कप हुने भएको हो । प्रतियोगितका लागी आवश्यक तयारी भईरहेको नगर खेलकुद विकास समितिका पदेन सदस्य समेत रहेका वडा नम्बर ४ का वडाध्यक्ष छविरेस्मी मगरले जानकारी दिए ।
उनका अनुसार मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ ।
यस्तै मेयर कपको सेमीफाईनलमा पुग्ने टिमले नगद रु.३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
नगर खेलकुद विकास समितिका संयोजक पदम सेनले चौथो मेयर कप ऐतिहासिक हुने दाबी गरेका छन् ।
चौथो मेयर कपको उद्घाटन खेलमा वडा नम्बर ३ र ६ भिड्ने छन् ।








