गृहपृष्ठ Featured प्रेस सेन्टर रुपन्देहीमा नयाँ नेतृत्व

प्रेस सेन्टर रुपन्देहीमा नयाँ नेतृत्व

रुपन्देही ।

प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार आयोजना गरिएको विशेष अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्षमा पत्रकार विष्णु पोखरेल चयन भएका हुन् ।

पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा अम्बिका परियार र पविता पौडेल, सचिवमा रमेश गैरे, सह–सचिवमा प्रकाश पाण्डे, संजय लामा र निर्मल थापा तथा कोषाध्यक्षमा पशुपति यादव रहेका छन् भने कार्यसमिति सदस्यमा दिपक कलवार, जगलाल नेपाली, सुनिता चुदाली, अन्जना चौहान, जितेन्द्र चौधरी, सुमित्रा तरामु, दिनेश प्रसाद लोध र नेत्र रुचाल लगायत रहेका छन् ।

सम्बन्धित् समाचार