बुटवल ।
पाल्पाको रिप्दिकोटबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको टिपरको ठक्करले एक पुरुषको मृत्यु भएको छ । रिप्दिकोटको सिद्देश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिँदा ६९ वर्षीय होमबहादुर लाम्टाङेको मृत्यु भएको हो ।








