बुटवल ।
बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा थ्री स्टार क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा हिमालयन शेर्पालाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।








