वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको महाराजगंजमा रहेको फलाहारी बाबा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अभिषेक मणि यादव विजयी भएका छन् । स्ववियु चुनावको परिणाम अनुसार नेकपा एमाले निकट अनेरास्ववियुबाट उम्मेदवार बनेका यादवको प्यानलै विजयी भएको हो ।
सचिवमा राधेश्याम मिश्र, कोषाध्यक्षमा संजय कुमार यादव निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा विष्णु यादव, संजय कुमार मिश्र, रिमा कुर्मी विजयी भएका हुन् ।








