गृहपृष्ठ Featured तोलाको एक हजारले घट्यो सुन

तोलाको एक हजारले घट्यो सुन

काठमाडौं । 

नेपाली बजारमा आज सुन तोलाको एक हजारले सय सस्तो भएको छ। आइतबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार दुई सय रूपैयाँले घटेको थियो। मंगलबार एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँ कायम छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम थियो।

चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित् समाचार