कपिलवस्तु ।
कपिलवस्तुको शिवराजमा अबैध ब्रोईलर कुखुरा बरामद गरिएको छ।
जिल्लाको शिवराज नगरपालिका– ४ मा भारतबाट अवैध रुपमा भित्राईएका ४ लाख बढी मुल्यका ब्रोईलर कुखुरा बरामद गरिएको हो ।
प्रहरी गस्ती टोलीले १६ सय ८० केजी कुखुरा बाटोमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ । प्रहरी गस्ती टोली र ह्यचरी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द खड्का, दाना ब्यावसायिक संघ लुम्बिनी प्रदेशका सचिव राज कुमार पराजुली सहितको संयुक्त टोलीले अनुगमन गर्दा बेवारिसे अबस्थामा सो कुखुरा फेला परेको प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन्।
५ सय ६० वटा अन्दाजी ४ लाख २० मुल्य बराबरको कुखुरा स्थानिय जनप्रतिनिधि र स्थानिय ब्यक्तिहरूको रोहबरमा खाडल खनी नष्ट गरिएको छ।
केही महिना यता नेपाल तर्फ मुल्य बढे पछि तस्कारहरुले कुखुरा लगायतको तस्कारी भईरहेको कुखुरा ब्यवसायीहरु बताउछन। भारतीय कुखुरा तस्करी हुँदा आफुहरु मारमा परेको ब्यवसायीहरुको गुनासो छ।







