बुटवल ।
विश्व बैंकको सहयोगमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तरोन्नति हुने भएको छ । तिलोत्तमा ९ मंगलापुरदेखि कान्छी बजार जोड्ने सडकको बिहीबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।
४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों र तिलोत्तमा नगरपालिकाका प्रमुख उपप्रमुखले शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै विश्व बैंकका कन्ट्री म्यानेजर जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएकोमध्ये तिलोत्तमा नगरपालिकाले काम सुरु गरेको बताउँदै खुसी व्यक्त गरे ।








