गृहपृष्ठ Featured बर्षौदेखि घुस लिदैं लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाध्यक्ष यादव

बर्षौदेखि घुस लिदैं लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाध्यक्ष यादव

वैखरी अनलाईन, लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा जनप्रतिनिधिले कर्मचारीमार्फत घुस लिने गरेको पाईएको छ । संयुक्त रुपमा रहेको वडा नम्बर ७ र ८ को वडा कार्यालयमा वडा नम्बर ७ का वडाध्यक्षले सेवाग्राहीसंग वडाका कर्मचारीलाई प्रयोग गरि घुस लिने गरेको रहस्य खुलेको हो ।

स्रोतका अनुसार वडाध्यक्ष ध्रुप यादवले वडामा विभिन्न योजनाहरु लिएर आउने सेवाग्राहीसंग कर्मचारीलाई सेटिङ्ग गर्न लगाई बार्गेनिङ्ग गर्ने गरेका छन् ।

व्डाध्यक्ष यादवले प्राविधिक विजय बहादुर यादवमार्फत पैसा असुल्ने गरेका छन् । स्रोतले केही महिना अघि मात्र गैडहवा गाउँपालिका ३ का समिम अहमद खाँनबाट ५० हजार रुपैयाँ मागेको वैखरीलाई बताएको छ ।

गोबडौरी, कोटवादेखि अधियारी गाउँको भित्री सडक निर्माणको क्रममा लाग्ने माटो उत्खनन् गरे बाफत उनले सो रकम मागेका थिए । ति कर्मचारीले वडाध्यक्षलाई ५० हजार दिए मात्र काम हुने बताएको एक भिडियोमा वैखरीलाई प्राप्त भएको छ ।

यस्तै उनले सार्वजनिक जग्गा अतिक्रमण गरि घर बनाएको, विजुलीका पोल विस्तारमा समेत पैसा खाएको खुल्न आएको छ ।

सम्बन्धित् समाचार