नेपालगन्ज ।
बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र र अपांग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गरिएको छ ।
नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र र अपांग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गर्दै नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताए ।
उनले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवर्द्धन केन्द्रको सेवालाई प्रभावकारी बनाउन सुझाव दिए ।








