वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति जिल्लाको बुद्धभूमि नगरपालिका–९ मा रोकि राखेको ग १ ख ३८३५ नम्बरको ट्रकमा रा ३ प ७६७० नम्बरको मोटरसाइकल ठोक्किदाँ उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार कपिलवस्तुको विजयनगर गाउँपालिका–४ निवासी २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








