काठमाडौं ।
मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।
गान्धीले आफूलाई मानहानि मुद्दामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध सोमबार गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
अदालतले १३ अप्रिलसम्म तल्लो अदालतको फैसला कार्यान्वयन नर्गन भनेको हो । अब पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयन हुने छैन ।
अर्को सुनुवाइ १३ अप्रिलमा हुने तय भएको छ ।








