गृहपृष्ठ Featured थप ८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २७९

थप ८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २७९

काठमाडौं ।

थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १११७ नमूना परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४६६ र एन्टीजेनबाट ६५१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १२ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २७९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

सम्बन्धित् समाचार