गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकामा विहिबार विदा

लुम्बिनी साँस्कृतिक नगरपालिकामा विहिबार विदा

वैखरी अनलाईन, लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले विहिबार विदा दिएको छ । भोलिदेखि सुरु हुने रुमिन्देही माई मेलाको अवसरमा नगरपालिकाले विदा दिएको हो ।

यही चैत्र २७ गतेसम्म चल्ने उक्त मेला ऐतिहासिक, साँस्कृतिक एवम् परम्परागत भएको भन्दै नगरप्रमुख सजरुद्दिन मुसलमानले उपस्थित हुन अपिल गरेका छन् । विहिबार भोलि नगरपालिका र मातहतका कार्यालयहरु बन्द हुने नगरप्रमुख मुसलमानद्धारा हस्ताक्षरित सुचना मार्फत जानकारी गराईएको छ ।

यद्यपी एसईई परिक्षा भने यथावत रुपमा संचालन हुने छ ।

सम्बन्धित् समाचार