कपिलवस्तु ।
कपिलवस्तु जिल्लाका पूर्वन्यायाधीश तथा हाल न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुबाट पक्राउ पुर्जी जारी भएको छ । न्यायाधीश गिरीकी कान्छी श्रीमतीले श्रीमान्बाट आफूमाथि यौन शोषण तथा हिंसा भएको भन्दै जिल्ला प्रहरी कार्यालय तौलिहवामा जाहेरी दिएकी थिइन् ।
‘जाहेरी परिसकेपछि घटनाबारे सम्पूर्ण कुराको अनुसन्धान गर्नु पर्ने हुन्छ,प्रहरी उपरीक्षक बस्नेतले भने,’यो प्रक्रियागत कुरा हो । ‘
झुठ्ठा व्यहोराको जाहेरी दर्ता भई आफू विरुद्ध पक्राउ पुर्जी जारी भएको न्यायाधीश गिरीले बताए । उनले आफूमाथि लागेको आरोपविरुद्ध अब डटेर लड्ने बताए।
सडक प्रदर्शन गरेर दबाबमा दर्ता गरिएको झुठ्ठा जाहेरी विरुद्ध आफूले न्याय पाउनेमा न्यायाधीश गिरी आशावादी छन् ।







