गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको शिवराजमा नागरिक सेवा प्रवाह केन्द्र संचालन

कपिलवस्तुको शिवराजमा नागरिक सेवा प्रवाह केन्द्र संचालन

लुम्बिनी प्रदेशमै पहिलो पटक कपिलवस्तुको शिवराज नगरपालिकाले नागरिक सेवा प्रवाह केन्द्र संचालन गरेको छ। नगरवासीलाई छिटो छरितो र एकद्वारा प्रणालीबाट सेवा दिन केन्द्र संचालनमा ल्याइएको हो।

नगरपालिकाले आम नागरिकको सहजताका लागि सेवा प्रवाह केन्द्र संचालन गरेको जनाइएको छ। यस अघि यो सेवा मुलुकका अन्य ४ पालिकाले मात्र संचालन गर्दै आएको छ।

शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले नगरवासीहरूसँग गरेको प्रतिबद्धता अनुसार जनतालाई प्रभावकारी सेवा दिन केन्द्र संचालनमा ल्याइएको बताए।

प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकारी प्रसाद यादवले रिबन काटेर सेवाको शुभारम्भ गरेका हुन। सो अवसरमा उनले शिवराजन नगरपालिकाले नमुना र उदाहरणीय काम गरेको बताए।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले एकै ठाउँमा बसेर सेवाग्राहीलाई सेवा दिन केन्द्र संचालन गरिएको बताए।

सम्बन्धित् समाचार