गृहपृष्ठ Featured पाल्पामा बाख्रा चराउन गएका युवक मृत फेला

पाल्पामा बाख्रा चराउन गएका युवक मृत फेला

बुटवल ।

पाल्पामा बाख्रा चराउन गएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका ८ का वडीदमारका ३० वर्षीय हिमबहादुर राना मृत फेला परेका हुन् ।

मंगलबार बाख्रा चराउन गएका उनी घरनफर्केपछि खोजी गर्ने क्रममा रैनादेवी गाउँपालिका–८ खरवारीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार