गृहपृष्ठ Featured घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौं ।

सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापवाल सुनको मूल्य एक लाख १० हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार ४३५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ पुगेको थियो । यसैगरी चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित् समाचार