गृहपृष्ठ Featured तुलसीपुर कारागारमा धेरैजसो जबरजस्ती करणी मुद्दाका कैदी

तुलसीपुर कारागारमा धेरैजसो जबरजस्ती करणी मुद्दाका कैदी

दाङ ।

तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबरजस्ती करणी मुद्दाका कैदी छन्। कारागारमा रहेका कुल ५५७ कैदीबन्दीमध्ये १८४ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिइन्।

कुल कैदीबन्दीमध्ये १५० कर्तव्य ज्यान मुद्दाका छन्। तीमध्ये १३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवा छन्। जसमा एक बालक आश्रित छन्। यसैगरी लागुऔषधका ११३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन्। साथै चार कैदी र १४ थुनुवा गरी  १९ महिला छन्। साथमा एक आश्रित बालक पनि छन्।

जिउ मास्ने मुद्दामा २१ कैदीबन्दी र पाँच थुनुवा रहेका छन् भने त्यस्तै चोरीमा २५, ज्यान मार्ने उद्योग र सवारी ज्यानका आठ/आठ, अपहरण, डाँकाचोरीका ६/६, बैंकिङ कसुर ६, ठगी चार, हातहतियार,वन पैदवार तीन/तीन, बहुविवाह, आगलागी दुई/दुई रहेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनका अनुसार अप्राकृतिक मैथुनका चार, आगलागीका दुई,  खोटा चलान दुई, रकम हिनामिना एक र अन्य चारजना कैदीबन्दी कारागारमा छन्।

सम्बन्धित् समाचार