गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकामा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका ६ पुर्कोटदमा गएराति आगलागी हुँदा ८३ वर्षीय ज्ञानबहादुर जीसीको मृत्यु भएको हो ।
गएराति १० बजे पुर्कोटदहको देउरालीमा आगलागी भएर निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार मृतक घरमा एक्लै बस्ने र २ छोराहरू विदेशमा बस्दै आएका छन् ।
आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








