गृहपृष्ठ Featured लुम्बिनीमा तीन महिनामा आए ९० हजार विदेशी पर्यटक

लुम्बिनीमा तीन महिनामा आए ९० हजार विदेशी पर्यटक

बुटवल । 

कोरोना र विश्व अर्थतन्त्रमा परेको असरले सुनसान जस्तै बनेको लुम्बिनीमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। कोरोनाभन्दा पहिलोको जस्तै चहलपहल अझै नभए पनि पछिल्लो समय पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीहरूले राहत महसुस गरेका छन् ।

लुम्बिनी विकास कोषले पछिल्लो तीन महिनामा ९० हजार विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेको जनाएको छ । जनवरी सुरु भएयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरेका छन्। यो सङ्ख्या अघिल्लो वर्षभरका कूल विदेशी पर्यटकभन्दा ५ हजारले बढी रहेको विकास कोषले जनाएको छ ।

सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए। जनवरी महिनामा तेस्रो मुलुकबाट ३ हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डाक्टर हरिध्वज राईले बताए ।

पछिल्लो समय पर्यटक वृद्धि भएपछि पर्यटन व्यवसायीहरू उत्साहित भएको ट्राभल एजेन्सी संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले बताए ।

सम्बन्धित् समाचार