वैखरी अनलाईन, बाणगंगा ।
नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा सुर्य प्रसाद बराल निर्वाचित भएका छन् । संघको विरगंजमा गत आईतबार सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट बराल केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
उनले यातायात मजदुरहरुको हकहिततथा अधिकारका लागी आफुले निर्वाह गर्नुपर्ने भूमिका सशक्त रुपमा निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
बराल नेपाली कांग्रेस बाणगंगाका सचिव समेत हुन् । उनी समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित छन् ।
उक्त महाधिवेशनको नेपाली कांग्रेसका नेता शेखर कोईरालाले उद्घाटन गरेका थिए ।








