वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका- १ मा अवस्थित जितपुर मन्टेश्वरी स्कुलले बार्षिक नतिजा प्रकाशन तथा अभिभावक भेला सम्पन्न गरेको छ । उक्त कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका १ का वडाध्यक्ष सन्जु सारु मगरले जितपुर मन्टेश्वरीले छोटो समयमै धेरै अभिभावकको विश्वास जित्न सफल भएको बताए ।
साना बालबालिकालाई विभिन्न मनोरञ्जन प्रदान गर्दै सिकाई गर्दा उनीहरुको चौतर्फी विकास हुने उनको भनाई छ । प्याबसन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले हरेक अभिभावकले आफ्ना सन्तानको सुन्दर भविष्य निर्माण कामना गर्ने बताए । अभिभावकको चाहना र विश्वासलाई कायम राख्दै जितपुर मन्टेश्वरी बालबालिकाको स्वर्णीम भविष्य कोर्न अघि बढेकोमा उनले खुशी व्यक्त गरे । मन्टेश्वरीका अध्यक्ष सुर्य प्रसाद बरालले यस क्षेत्रका अन्य मन्टेश्वरी भन्दा जितपुर मन्टेश्वरी अग्र स्थानमा रहेको दाबी गरे ।
उनले अभिाभावकहरुको विश्वासलाई टुट्न नदिने समेत प्रतिवद्धता व्यक्त गरे । यसैबीच युकेजी पश्चात कक्षा १ मा पढ्न जाने विधार्थीलाई दिक्षान्त समारोहमार्फत विदाई गरिएको समेत गरिएको मन्टेश्वरीकी प्रिन्सिपल विनिता आचार्यले जानकारी दिईन् ।
कालीका पोख्रेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक व्यक्तित्व दिपक अधिकारी, मोहन सिंजाली लगायत अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।








